19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल सागर तमु ‘प्राञ्जल’ October 23, 2026, 9:22 am
सागर तमु ‘प्राञ्जल’
सागर तमु ‘प्राञ्जल’

पहाड रोयो, बस्ती डुबायो जलप्रलयले,
कति सपना आँखैअगाडि बगायो जलप्रलयले।

हिजोसम्म खुसी थियो, आज रोदन मात्रै छ,
कतिको सिउँदो, कतिको घर सिद्ध्यायो जलप्रलयले।

कालीगण्डकी भोटेकोशी उर्लिँदा किनार मौन भए,
कति आमाका काखहरू रित्त्यायो जलप्रलयले।

दोष कसको, प्रकृतिको कि मान्छेको लोभको?
विकासका नाममा विनाश निम्त्यायो जलप्रलयले।

बाँच्ने आशा बोकेर मान्छे अहिले छानो खोज्दैछन्,
कतिको जीवनभरको कमाइ खायो जलप्रलयले।

अब त चेतौँ मानव हो, प्रकृतिसँग खेल्नु हुन्न,
मानवताको ऐना छर्लङ्ग देखायो जलप्रलयले।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।