19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

जूनको हाइ-हाइ

कविता डिल्लीराम कट्टेल October 27, 2026, 4:44 pm
डिल्लीराम कट्टेल
डिल्लीराम कट्टेल

हामीले सदियौं देखि वर-पिपल रोपिरह्यौं,
नदि-नाला, पहाड-पर्वत पुजा गरिह्यौं,
तर नेचर कन्जर्भेसन भन्न सकेनौं
अनि उदय भयो तिम्रो !

हामीले सदियौं देखि
मातातिर्थ औंशी,
गुरुपुर्णिमा कुशे
औंशी मनाईरह्यौं
तर
मदर्स डे, टिचर्स डे,
फादर्स डे भन्न जानेनौं ,
अनि आयौ तिमी !

हामी बलेको दियो निभाउनुलाई,
जीवन अन्त्यको घोषणा
भन्नेमा लागिरहंदा
तिमीले मैनबत्ती निभाउनु लाई
बर्थ डे सेलिब्रेसन भन्न भ्यायौ ,
र पो तिम्रो जयजयकार भयो त !

सिङ्गो बस्तु काटेको नराम्रो भनेर
हामी बस्यौं
तर
तिमीले आफ्नो नाम आफैं लेखेर
आफैंले काटेकोलाई
उत्सव भन्न भ्यायौ ,
अनि तिमी हाइ-हाइ !

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।