19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल राकेश कार्की December 31, 2008, 4:37 am
राकेश कार्की
राकेश कार्की

पानी पनि पर्यो छाता छोडी आएछु

खै के फर्कि जाउं नाता तोडी आएछु

कति बज्यो था छैन कस्लाइ सोधु

रिसले बहुलाई घडी फोडी आएछु

माया त अझै पनि लाग्छ मनभित्र

झोंकमा फनक्क मुन्टो मोडी आएछु

प्रेममा अन्धो हुँदा केही देखेनथ्यौं

रोइ सम्झें उनिसंगै नासो गोडी आएछु

निथ्रुक्क भिजिसकें पानी र आंशुले

उनैको कुसुमे रुमाल पो ओडी आएछु

उन्ले त अब खै के माफ गर्लिन र

एक्लो यो मन्मा उन्कै याद जोडी आएछु

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।