19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

अन्तिम इच्छा

लघुकथा मित्र 'उराठी' गौतम November 2, 2026, 8:46 am
मित्र 'उराठी' गौतम
मित्र 'उराठी' गौतम

व्यथा एक्कासी बल्झियो।

वृद्धावस्थामा पुग्नु भएको बा केही दिनदेखि कमजोरी महसुस गर्नुभएको थियो।

तुरुन्तै एम्बुलेन्स खोजेर काठमाण्डौँ लगियो।

भाइ काठमाण्डौँमै भएकोले अस्पताल भर्नामा सहजता भयो।बालाई आइसियुमा भर्ना गरियो।

विदेशमा भएका दाजुलाई खबर गरिसकिएको थियो।

अस्पतालमा गर्नुपर्ने सम्पूर्ण जाँज गरे।बाको अवस्थामा सुधार भएन, झनझन थलिनु भयो।

बा पीडाले छट्पटाइरहँदा हामी भावविव्हल हुन्थ्यौँ।

अवस्थामा सुधार नभएपछि भेन्टिलेटरमा राख्न सल्लाह दिए डाक्टरले।तर बाको चाहना भेन्टिलेटरमा हैन् घर फर्कने थियो।

भन्नुहुन्थ्यो “मलाई घरमा लैजाओ।घरमै मर्न चाहान्छु।"

विदेशबाट दाजु आइपुग्नुभयो।बालाई गम्लङ्ग अङ्गालो हालेर केहीबेर हिक्का छोड्नु भयो।

“यस्तो अवस्थामा अस्पतालबाट निकालेर गाउँ लैजाँदा लोकले पनि के भन्ला?" मैले र भाइले दाजुको मनसाय वुझ्न खोज्यौँ।

“यत्रो लामो आयु बाले खासै दुःख भोग्नु परेन।सहज जीवन जीउनुभयो।अब अन्तिम अवस्थामा हामीले बाको इच्छाको पनि कदर गर्नुपर्छ।भावनामा बहकिएर मात्र संसार चल्दैन।Æ दाजुले गम्भिर हुँदै भन्नुभयो।

“अनि के भेन्टिलेटरमा नराख्ने भन्न खोज्नुभएको ? बाको उपचारमा कञ्जुस्याइँ नगरौँ दाजु।Æ भाइ अलि आवेशमा देखियो।

“यत्रो जीवन सुखमय बाँच्नुभएका बालाई के हाम्रो स्वार्थका लागि केही दिनको कष्टपूर्ण जीवन थपिदिनु न्यायपूर्ण हुन्छ ? बाको अन्तिम इच्छा पुरा गरिदिने पनि त सन्तानको कर्तव्य हुन्छ होला नि ?" दाजुको भनाइले अस्पतालमा सन्नाटा छायो।


अमरपुर, गुल्मी हाल: तिलोत्तमा न. पा. २, रुपन्देही

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।