आखिर जिन्दगी न हो, यस जिन्दगीमा साथी चाँहिन्छ, मित्र चाँहिन्छ, हितैषी चाँहिन्छ, । चाहेर वा नचारेह पनि साथी ता मनग्गे हँुदा रहेछन् र हुन्छन् पनि । मलाई मित्ररहित जिन्दगी बढो विरसिलो र कष्टकर हुन्छ भन्ने लाग्छ । अप्ठेरो पर्दा सघाउने मित्र ता मेरो विचारमा देवतुल्य नै हो । मित्रताको नाममा कतिले स्वार्थसिद्ध गर्ने चलन पनि नबोक्ने होइनन्, यस्तै स्वभाव हुने साथीहरूको मलाई लाग्छ यस दुनियाँमा अधिक संख्या हुन्छ । तर निःस्वार्थताप्रेमी मित्रहरू पनि केही हुन्छन् भन्ने कुरा, त्यस्ता मित्रहरूको कमी पनि भइहालेको छैन भन्ने कुरा पनि बिर्सिहाल्नु हुन्न । मेरा मित्रपङ्क्तिको अघिल्लो स्थान लिने मित्रहरू केही छन् । साहित्यिक, पेशाकर्मी तथा सहृदयी । कतिपय त्यस्ता मित्रहरू तटस्थ पनि होलान् । जे भए पनि मित्रहरूको स्नेहले म अभिभूत भएको छु, कृतज्ञ भएको छुृ ।
उता मान्छेका जिन्दगीमा शत्रुहरू पनि हुन सक्छन्, मान्छेले कदाचित् शत्रुहरूको डफ्फा पनि आफैँ बनाएको हुन्छ । स्वतः बनेका पनि हुन सक्छन्, परिस्थ्तििले जन्माएको पनि हुन सक्छ तर मलाई चाहिँ लाग्छ मेरा शत्रुहरू कम छन् वा छँदैछैनन् । शत्रुहरू कमाउने काम मैले गर्नै पर्दैन, यसैले मेरा शत्रुहरू छैनन् होला भन्ठान्छु । कदाचित् यो मेरो भ्रम पनि हुनसक्छ ।
२०३१ सालदेखि बनेको एउटा सहृदयी भित्र हुन् शेषराज शिवाकोटी । अरु अरु उनलाई श्रीमान् भन्लान् मलाई उनको नामसँग श्रीमान् जोडिरहनु पर्दैन । उनी मेरा लागि भुलिनसक्ना र पाइनसक्ना मित्र हुन् । मलाई उनको नामका साथ श्रीमान् जोडिरहने आवश्यता उहिले पनि परेन र अहिले पनि परेको छैन, न उनले मलाई पनि सर भनेर आदर गरिरहन पर्ने स्थिति परेको छ । हजुर भन्ने बानी पनि मलाई भने परेन तर किन हो अहिले उहाँ मलाई हजुरबाट सम्बोधन गर्नुहुन्छ । मलाई यो हजुरभित्र बिरसिलो लाग्छ, अलिक यसले खि¥र्याउँछ ।
मदनपुरस्कार गुठीको परिधिमा छँदादेखि मित्र बनेको शेषराज जीवनभरको सहृदयी मित्रका रूपमा परिणत होला भन्ने मलाई ऊ बेला कहाँ थाहा होस् । घट्ट्ेकुलोमा मोहन कोइरालाका घर नजिक उनको घरमा म ऊ बेला पुगेथें । ओम बहालको मेरा डेरामा ता उनी आइ पनि पुगेनन् । उनी मेरा डेराको ता के कुरा घरमा पनि ३० वर्षपछि मात्र एक रातका लागि कुनै सन्दर्भवश आएथे र यता भद्रपुरको घरमा भने एक छाक सुदामाको कनिका पनि प्राप्त गरेका थिए । आउनु र नआउनुको कुनै तात्विक सम्बन्ध यस सन्दर्भमा छैन । तैपनि हाम्रो मित्रताको गाँठो बलियो गरी बाँधिएकै छ ।
साहित्य पढ्ने म, कानुन पढ्ने उनी । पढाएर पेट पाल्ने म, ओकालत र फैसला गरेर जीविका चलाउने उनी । गरीबको तल्लो तहको तल्लो फाँटको मान्छे म, उनी यसबाट केही माथि हुन् कि ? म भन्न सक्तिनँ । एउटा गजबको मेल थियो । कसरी हो कसरी म भन्न सक्तिनँ । कमल बाबुसँग भेट गर्न वा वासुदेव माष्टर साहेबसँग गफगाफ गर्न हो उनी जगदम्बा प्रेसमा पुग्दा नै हाम्रो मित्रताको बिउ रोपिएको रहेछ । यही म ठान्छु । वा अरु कुनै सन्दर्भमा त्यो प्रेस अर्थात् जगदम्बा प्रेसमा उनी पुगेका थिए मलाई उति धेरै फुम छैन, तर क्रमिक रूपमा उनको र मेरो मित्रता बढेर गएको थियो त्यसै प्रेसको बसाइबाट ।
उनको रुचि साहित्यमा भएको कुरा मैले पछि मात्र थाहा पाएँ । नयाँ साहित्यिक कृतिहरू किन्ने र पढ्ने अद्भूत बानी भएको मान्छे रहेछन् भन्ने मलाई पछि मात्र थाहा भयो । मलाई ता पुष्कर लोहनी, नृपेन्द्रपुरुष यादि मात्र पुस्तक किनेर पढ्थे भन्ने लागेको थियो त्यस लिस्टमा अर्काे नाम शिवकोटीको पनि थपिएको थियो । म बबुराको रुचिको विषय साहित्य भए पनि नयाँ सामग्री किन्ने ख्याम्ता वा हैसियत भएको मान्छे थिइनँ । तैपनि म मदन पुरस्कार पुस्तकालयलकै निकटमा परेकाले म पनि ऊबेलाका नयाँ सृजनाहरू तात्तातै पढ्ने अवसरका नजिकै थिएँ, साहित्यकारहरूको निकटमा पनि थिएँ ।
सारै जिज्ञासु स्वभाव थियो ऊ बेला मेरा मित्रको र आज पनि त्यही स्वभाव छँदैन । वास्तवमा मान्छेको स्वभाव हो, उसको स्वभाव कहाँ बदलिँदो रहेछ र ! साहित्यमा खर्च गर्ने व्यक्तिहरूको लहरमा सम्भवतः उनी एक्ला व्यक्ति थिए भन्ने लाग्छ । यस काममा उनी सम्भवतः आज पनि केही इनेगिनेका व्यक्तिहरूको लहरमा पर्दछन् ।
हाम्रो त्यसरी ‘एकदा नारदो योगि’ भनेझैँ वा यलअभ यउउयल ब तष्mभ भनेझैँ गरी भेट भएको र मित्रता अघि आएको हो । यस अन्तरालमा उनी देशका अदालतअदालत चहारिसकेर थाकिसकेका छन् । कानुनका ठेलिहरूभित्र पाकिसकेका छन् । तर साहित्यको सेवाबाट कहिल्यै थाक्न छाँट देखिएको छैन । कताको न्यायाधीश, कताको साहित्यकार । बडो उल्टा छ उनको कर्मक्षेत्रर र कार्यक्षेत्र । काम एकातिर कुरा अर्कातिर भनेझैँ उनको कार्यक्षेत्र, जीविकाको क्षेत्र कानुन, तर रुचिक्षेत्र र रीतिक्षेत्र साहित्य, क्या गजब !
पूर्वाञ्चल बस्दा उनले अनेकौं साहित्यकारहरूका जीवनी विशेषताहरूको केस्रो केस्रा केलाई ज्ञानगुनका कुरामा प्रकाशन गरिसकेका छन् । सुदूर पश्चिम पुगे पनि उनी भित्र पूर्वाञ्चलको गहिरो माया छ भन्ने मेरो ठनाइ छ । हाल सुर्खेतमा रहे पनि पूर्वाञ्चलमा छँदा र यता आउँदा अनेकौं पूर्वाञ्चलवासी साहित्यिकहरूको उठान गर्ने प्रयासका उनी भित्र अझै सुतेको छैन । बरु उनले यताका सुत्न र सुस्ताउन लागेकाहरूलाई अल्छ्याइँबाट जाँगरिलो बनाउन र निद्राबाट बिउँझाउने प्रयत्न गरेका छन् । उतिखेर साहित्यका लागि सय रुपिया खर्चने शेषराज आज साहित्यकारका लागि र साहित्यका लागि लाख रूपया खर्च गरिहेका छन् । मलाई त अद्भूत लाग्छ, उनको यो बानीमा म अचम्म मान्छु ।
वासुदेव लुँइँटेलले सानासाना खालको आकारमा साहित्यिकका जीवनी, (जस्तै शङ्कर लामिछाने, शङ्कर कोइराला, अलिमियाँ, नरपति पोखरेल, साम्बभक्त सुवेदी आदि) ऊ बेला प्रकाशित गरेको दृश्यबाट सम्भवतः उनी यस फाँटमा आएका हुन् यो मेरा ठनाइ छ । हो, होइन यो कुरा ता उनै जान्लान् । तर उनी यतातिर लाग्नुका पछिको कारण यही हो भन्ने मेरो लख हो । आज ज्ञानगुनका कुरामा अनन्त ज्ञानगुन भण्डार थुपार्ने काम जसरी मेरा मित्रले गरेका छन् अचम्म लाग्छ, एक ज्यानले पनि यसो गर्न सक्छ ? के उनीचाहिँ नेपालका अर्काे मोतीराम होइनन् र ? एउटा एकेडेमीले गर्नै नसक्ने जतिको काम होइन र उनले गरेको यो काम ! मैले त्यति बढी प्रशंसा गरें भने फेरि उनको प्रगति रोकिएला, त्यतातिर नजाऊँ ।
मेरो जिन्दगीमा ‘लेख् कि लेख्’ भन्ने र खुरुन्धार गर्ने २ जना मित्रहरु छन् । एक हुन् उनै शिवाकोटी र अर्का हुन् उनैले पूर्वाञ्चल र नेपालकै मोतीराम भनेर चिनाएको चूडामणि रेमी । यिनका अघि म सर्लक्कै गल्छु । अरुसँग ता “लेख्ने हो भने पारिश्रमिक टक्र्याऊ न त” भन्ने हिम्मत पनि हुन्छ । तर यिनका अघि मेरा नौनाडी गल्छन् । सकेको पनि कति हो यिनले यो अनुत्पादक कार्यको सेवा गरिहन !
यिनले फोन गरे भने मलाई हम्मे हम्मे पर्छ टार्न । बरु शेषराजजीलाई टाढा भएको कारणले टारिन्छ, चूडामणि रेग्मी भने टारेर नटर्ने प्रक्रृतिका मान्छे छन् ।
यस पालि शेषराजले फेरि एक दर्जन जति साहित्यकारहरूको जीवनीका फाँट वा अरु कुनै क्षेत्रका कुराहरू मसँग लेखिमाग्ने काम गरेका छन् । मानौं उनी मलाई पनि उनी जत्तिकै ज्ञानगुनका कुराले भरिएको ज्ञानभण्डार वा ज्ञानमणि मान्छे ठान्दा हुन् । म त्यसरी सबैका बारेमा सामान्य वा विशेष ज्ञान थन्क्याउने मान्छे आफूलाई ठान्दिनँ । सकें भने केही लेख्छु अन्यथा हुन्छ हुन्छ भन्छु । पछि ज्या है भनेर थकथकाएको अभिनय गर्छु । तर शेषराजजी, तपार्इंकै बारेको विशेष अङ्क जनमतले निकाल्ने भएपछि भने मलाई मैले थाम्न सकिनँ, ज्ञानगुनका अरु अरु अङ्कहरूका लागि लेख्नु पर्नेबारे भने सोचिरहेको छु, सकिनँ भने त्यस बारेमा मलाई माफ गर्नुहोला है ।
झापा