19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल केशवराज आमोदी December 31, 2008, 4:54 am
केशवराज आमोदी
केशवराज आमोदी

बेँसी उस्तै गाउँ उस्तै सहर उस्तै मान्दै छु म

अमृत पिए पनि मीठो जहर उस्तै मान्दै छु म।

उकाली र ओरालीझैँ जिन्दगी यो बिते पनि

आन्दोलनका तीता–मिठा कहर उस्तै मान्दै छु म।

सक्कली र नक्कलीको रुप उस्तै भएपछि

सडक र सदनको ठहर उस्तै मान्दै छु म।

जिन्दगीको सङ्घर्षको राजमार्ग चुनेपछि

गाँस, बास, कपासको रहर उस्तै मान्दै छु म।

नयाँ नेपाल बनाउन आजैदेखि जुट्दा

गरिबीको तरङ्गमा लहर उस्तै मान्दै छु म।

नेता, मन्त्री, सांसदको भ्रष्टाचारी कथा सुन्दा

तास खेल्दा नहर र दहर उस्तै मान्दै छु म।

जनजिन्दगीको कथा गजलमा लेखे पनि

छैन रस लय मात्रै बहर उस्तै मान्दै छु म।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।