चुन छुनु धुन छुनु अनि हिमाल छुनु।
आमाको छाती संगै, धर्तीको ताल छुनु।।
महलका टुप्पा देखि सडकका बस्ती।
चन्द्र फुल्या रात, रनेको अनिकाल छुनु।।
बाच्ने मात्र होईन ज्युन सिक्नु पर्छ यहाँ।
हुर्किदै छौ त्यहाँ, सिकारीको जाल छुनु।।
चोली खुस्किनु र झण्डा झुक्नु हुन्न निर्मल।
निलो हाईन आईपर्यो, भने लाल छुनु।।
भेल संगै बगे डुब्छौ, तर्किएर बस।।
फुल मुस्काउने, सलोज, मणिपाल छुनु।।
ओखलढुङगा
हालः विराटनगर