18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

सल्लाह

लघुकथा डा. रविन्द्र समिर January 5, 2009, 2:54 pm

बच्चाको स्वास्थ्य त्यति राम्रो छैन, उसलाई सन्तुलित आहार खुवाउनुहोला। महँगा परीक्षण र औषधि लेखेपछि डा. शर्माले ठेलाचालक धनबहादुरलाई पुनः सल्लाह दिए हरियो सागपात, दूध, अन्डा, माछामासु, फलफूल, चिज, क्रिम, पनिर, माछाको तेल, कलेजो, सुप ......प्रत्येक दिन खुवाउनुहोला। बच्चाको मुखबाट र्‍याल निस्कियो तर धनबहादुरले यहाँ भन्दा बढी केही सुन्न सकेन। दुईछाक मकैको खोले खाने स्थिति नभएको धनेलाई रिँगटा लाग्यो र चिच्यायो – डा. साहेब यसले केके खानुपर्छ भन्ने मलाई थाहा छ। केके बार्नुपर्छ, केके खुवाउनु हुँदैन त्योमात्र बताउनुहोस्।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।