14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

नैनीताल, देहरादुनकी दिव्या र हरिद्धार

नियात्रा रामकृष्ण भण्डारी January 11, 2009, 1:03 am

कपिलबस्तुवाट पश्चिम नगएको मान्छेलाई महेन्द्रनगर हुदै भारत भ्रमण गर्ने अवसर मिल्नु चानेचुने कुरा थिएन । तैपनि दैनिक मिडिमा पत्रकारिता गर्ने भएकोले अलि लामो समयसम्म विदा मिलाउनु कठिन थियो । यद्यपी दोभान उच्च मावि पाल्पा र मित्र दल वहादुर गुरुगं संगको सम्वन्धले गर्दा मैले प्रस्तावलाई सहजै स्विकारे । घुम्न भने पछि औधी मन पराउने मलाई जसरी पनि नैनीताल र हरिद्धार पुग्ने रहर जागेकोले यात्राको तयारी गरे । झण्डै एक महिना पहिल्यैको प्रस्तावलाई स्विकार गर्दै मैले मेचीकाली दैनिकमा विदा समेत मिलाएको थिए ।

मसिंर २० गते दिउसो २ बजे दोभानबाट महेन्द्रनगरका लागि हिड्ने भनेता पनि केही बेर ढिला भयो । म बुटवलमा थिए । बुटवलको तिनाउ पुलबाट हाम्रो यात्राको बस छुट्दा साझको ४ बजिसकेको थियो । पानी पर्ला जस्तो मौसम थियो ।मसिर महिना भए पनि बुटवलमा जाडो भने शुरु भएको थिएन ।

यात्रा खासगरी नैनीताल पुग्ने तथा पैसाले र समयले पुगे देहरादूनसम्म पुग्ने लक्ष्य हो भन्नु भएको थियो दलवहादुर जी ले । दोभान उच्च मा.वि. का कक्षा ११।१२ का विद्यार्थीहरु, शिक्षक, गाविस सचिव यादव अर्याल, र स्वास्थ्यकर्मी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी गरी जम्मा ५२ जनाको थियो । त्यसमा संचारकर्मीको तर्फाट मलाई सहभागि बनाउनुभएको थियो साथीहरुले ।

बुटवल छाडेपछि मोटर आफ्नै गतिमा हुइकिएको थियो । बसमा सबै साथीहरुलाई बस्ने सिट मिलेन । केही साथीहरु मुढा त कोही क्याविनमा बस्यौं । कपिलबस्तु कटेपछिको यात्रा मेरो लागि नौलो थियो त्यसैले उत्सुकता पुर्वक हेर्दै म बसको क्याविनमा वसेको थिए ।

कोइलावास पुगेपछि रात परेकोले वाहिरको कुरा त्यति हेर्न पाइएन् । द्धन्दकालमा पुर्वपश्चिम राजमार्गको दाङ् अर्न्तगर्तको सडकमा धेरै घटना भएको सुनेकोले पनि त्यो सडकलाई नजिकवाट नियालेको थिए मैले । कोहलपुरसम्म साथीहरुले दोहोरी गीत घन्काए । विद्यार्थीले घरबाट लगेका सेलरोटी, भुजिया अनि भुटेको चिउरा सबैले खाइयो । भन्सारमा सेलरोटीको राजश्व तिर्नुपर्छ प्रति गोटाका रु. ५ का दरले भन्दा विद्यार्थीहरुले राजश्व तिर्नुभन्दा बाटैमा भ्याउ भनेको कुराले रमाइलो भयो । हामीलाई भोक लागेकोले ठट्टा गर्न डिवी र राजेश जी हरुले त्यस्तो भनेका थिए । विचरा सोझा विद्यार्थीहरुले साचो ठानेछन् । रातभर सुर्य प्रसाद पौडेल सर र दलवहादुर जी निदाएनन् ।

राजेश जी र रीमा, प्रतिमाको दोहोरी गजबले चल्यो । हामीहरुले थपडी बजायौं । गीतमा आवाज थपिदियौं । मीना, बिमलाहरुले पनि राम्रो गीत गाउदा रहेछन । तर गाडी लागको भन्दै उनीहरुले गीत निकाल्नै सकेनन् ।नत्र उनीहरुको अघि राजेशलाई दोहोरीमा हम्ने नै पथ्र्योभन्दै हुनुहुन्थ्यो डिवी जीले । रातको ९ बजे हामी कोहलपुर पुग्यौं । लुम्बिनी होटल र गुल्मेली होटलमा खाना पकाउन लगाएर खाना खायौं । होटल साहुहरु गुल्मी र अर्घाखाचीका रहेछन् । लुम्बिनी होटलका साहु लक्ष्मण थापा त यो व्यवसायबाट राम्रै आम्दानी भएको र धन राम्रै कमाएको बताए । कोहलपुर पुगेर आगो पनि तापियो ।

विहान ५ बज्दा हामी महेन्द्रनगर पुगिसकेका थियौं । चिया खायौं । नेपालको अन्तिम गाउ ब्रह्मदेव पुग्दा बिहानको ८ बजिसकेको थियो । महाकाली नदीको छेउमा रहेको गाउ ब्रह्मदेव हो । त्यहा नेपालका चर्चित शहिद भीमदत्त पन्तको शालिक रहेछ । सो गाउ काटेपछि विशाल नदी महाकालीलाई भारतले एकलौटी नहर बाधेर लगेको देख्यौं । शारदा ब्यारेजसम्म पुग्दा बिजुली उत्पादन र सो स्थानबाट महाकाली नदीलाई सिंचाईमा प्रयोग गरिएको रहेछ । दुर्भाग्य हाम्रो साझा नदी भएता पनि एक थोपा पानी हाम्रा ठाउमा प्रयोग भएको कही कतै देखिएन । उनीहरुका जग्गा हरियै थिए भने हाम्रा जग्गाले आकाशतिर फर्केर पानी मागिरहेको देख्दा अति दुःख लाग्यो । एउटा फोटोसम्म हामीले महाकाली नदीको खिच्न नपाइने रे । कडा बन्देज हामीलाई उनीहरुका सुरक्षाकर्मीले बताए । तर उनीहरुले नदेख्ने गरि केही दृश्य खिचे मैले । अचम्म लाग्ने दृश्य र अवस्था थियो ब्रह्मदेवमा ।हामीले वाटो पो विरायौकी भनेको त विराएका रहेनछौ ।नेपाल छाडेपछि झण्डै आधा घण्टा हिडेर भारतीय गाउ पुग्यौ । महाकाली नदी तरेपछि हामी भारतको टनकपुर पुग्यौं । हामीहरुलाई टनकपुरबाट रोडवेजका मोटर चढेर हल्दानीसम्म पुग्न करिब ३ घण्टा लाग्यो । त्यहाबाट हल्दानी पुग्न कम्तिमा ६८ रुपैया लाग्दो रहेछ । बाटामा नाना सागर पर्दो रहेछ । विशाल त्यो सागर आखाले हेर्न सबै सकिएन । चोर गल्लीमा गएर समोसा र जुलेवी दहरो गरी खानाको रुपमा खाइयो । हाम्रै मोटरमा कैलालीका १७ जना कामका खोजीमा हिडेका नेपाली दाई/भाईहरु समेत भेट्यौ । भारतको हरिद्वार, देहरादूनमा रोडको काम गर्न जान हिडेको कुरा उनीहरुबाट थाहा भयो । सालिन्दा उनीहरु तिहारपछि जेठ महिनासम्म भारतका गल्लीमा काम खोज्न हिड्ने गरेको कुरा कैलाली बहुनिया–२ का खुशीराम डगौरा चौधरीले बताए । जेठमा धानको बीउ राख्न आउने र धान काटेर फेरि र्फकने उनीहरुको चलनै रहेछ । कुरा गर्दा गर्दै हामी हल्दानी पुगियो । हल्दानीबाट नैनीताल पुग्न करिब दुइ घण्टा लाग्दो रहेछ । मोटर भाडा कम्पनी ३२ रुपैया लाग्यो प्रति व्यक्ति ।

नैनीतालले लोभ्याउदा

भारतका एकजना मुगल सम्राटले भनेका थिए –पृथ्वीमा यदि कतै र्स्वर्ग छ भने त्यो ठाउ नैनीताल नै हो । उनका भनाईसग हामी प्रायः असहमत हुन सकेनौ । मंसीरको महिना, हामी पुग्दा साझको ४ बज्न आटिरहेको थियो । पश्चिमतर्फघाम डुब्ने तरखरमा थियो । नैनीतालको चिसोले मुटु नै थर्कायो । हामीले पहिरेका लुगाहरु निकम्मा सावित भए । समुन्द्री सतहदेखि एक हजार नौ सय ३८ मिटर अग्लाईमा भएको नैनीतालको लम्बाई एक हजार तीन सय सत्तरी मिटर रहेछ । अति मनमोहक नैनीतालको एक कुनामा नैनीदेवीको मन्दिर रहेछ । सोही मन्दिरमा हाम्रा केही साथीहरुले सन्ध्याकालीन पूजाआजा गरे । नैनीदेवीको नाउबाट सोही तालको नाम नैनीताल रहेको स्थानीय बासिन्दाबाट थाहा हुन आयो । बजार सुन्दर तल तालमा पनि बजारको पुरै दृश्य देखिने ।

तालको वरिपरी रिङरोड, रिङरोडभन्दा माथि पट्टी पखेरामा अग्ला– अग्ला गगनचुम्बी महलहरु । लाग्थे त्यी महलहरु पखेरामा चुम्बकले अड्याइएका छन् । साझको बेला चारैतिर झिलीमिली । मानिसहरुको ओहोर दोहोरा डुंगा तैरिरहेका थिए नैनीतालमा तर हामी भने भाउ नमिलेकाले डुंगामा आनन्द लिन सकेनौं । रात ढल्किदै गयो चिसो सिरेटो चल्दै गयो । आफ्नै कान छाम्दा आफ्ना हुन र यी मेरा कान । भने जस्तो भान भयो । साझ आठ बजेसम्म किनमेल गर्‍यौं । नैनीतालको चिनो किने धेरैले तर मैले भने केही किनिन ं । नैनीतालको प्रचलित चीज खासगरी मैनबत्ती रहेछ । त्यसपछि सुइटर, सल पनि नामी रहेछन् । महंगा सामान । एउटा स्वेटर मन परेर सोधेको त २२ सय भारु भने पसलेले । सायद पर्यटकीय स्थल भएर होला । जाडो महिनामा नैनीताल घुम्नेहरु अति कम हुदा रहेछन् । खासै भीड भेटेनौं । तर ठाउ भने पोखरोको फेवा ताल छेउ जस्तो । अथवा ताल भएको भए पाल्पाको प्रवास र माथि तानसेन जस्तो लाग्यो मलाई । त्रिपाठी भोजनालयमा खाना खाइवरी गोपालप्रसाद बस्यालको अगुवाइमा खोजिएको पर्यटक लजमा रात बिताउन रातको १० बजे पुग्यौं ।

कम्पनी दर्ुइ हजार पाच सयमा एघार वटा कोठाको प्रबन्ध गरिएको रहेछ । छर, ओढ्ने कम्मल प्रसस्त भेटिएन । त्यसको पीडा पल्लो कोठामा सुत्ने केशरी मेडम र वल्लो कोठामा सुत्ने गोपाल कुवर सरले मजाले व्यहोर्नु भयो । नैनीतालको जाडोले उहाहरुलाई बडो स्वागत गर्‍यो । राति मैले नैनीताललाई गजबले हेरे । भिडियो क्यामेराले कैद गरे नैनीताललाई । बत्तीका प्रकाशहरु नैनीतालबाट परावर्तन भएको दृश्य साच्चिकै हर्ेन लायकको थियो । आनन्द लाग्थ्यो, आखा झिमिक्क गर्न पनि मन लाग्दैनथ्यो त्यो दृश्य हर्ेदा । त्यसैले भारतका मुगल सम्राटले र्स्वर्गको उपमा दिएका होलान् । मैले जीवनमै पहिलो पटक ब्लागंकेट ओडेर रात विताए । सारै जाडो पनि भयो ।

मैले नसुतुञ्जेल नैनीतालसग मेरो फेवातालको तुलना गरे । मेरै भूमिमा रहेको फेवातालको तस्वीर आखा अघि नचाए । खुब घोत्लिए । के नपुग छ र मेरो फेवाताललाई कल्पना गरे । माछापुच्छे्र छाया फेवातालमा पर्दा कति लोभलाग्दो देखिन्छ । अझ तालको बीचमा रहेको बराही मन्दिरले मेरो फेवातालको शोभा कम्ति त बढाएको छैन नि । तर साच्चै व्यक्तिहरुले फेवाताललाई नैनीताल बनाउन सकिन्छ भनेर सोचेनन् ।

सुनेको थिए, फेवातालको गहिर्राई घट्दैछ, सरसफाई कम हुदैछ । विस्कुट र चाउचाउका खोलहरु फेवातालका गहना सावित भएका छन् । के फेवातालको विकासका लागि अल्पकालीन र दर्ीघकालीन गुरुयोजना बनाउन सकिदैन । सरसफाईमा ध्यान दिन सकिदैन ।त्यही फेवातालले पोखराका होटल, लज चलेका छन् । डुंगा चलाउने माझिदाइका परिवार पालिएका छन् । मिलन लामा र विमा कुमारी दूराका गलाभरिएका छन् । पर्यटकहरुका क्यामेरामा सजिएका छन् । के कम्ति छ हाम्रो फेवाताल, नैनीतालको तुलनामा - मात्र कम्ति छ योजना, सोंच र कार्यान्वयनको थाहा भएन यी कुराहरु सोंच्दै सुत्दा बिहान भइसकेको रहेछ ।

नैनीताललाई विदा

भारतको उत्तरखण्ड प्रदेशमा पर्ने नैनीतालको चौर्डाई तीनसय साठी र गहिर्राई दुइसय असी मिटर रहेछ । सोही नैनीताललाई विहान पख ६ः३० बजे हामी सबै साथीहरुले हात हल्लाउदै विदा गर्‍यौं र हल्द्वानी हुदै हरिद्वार तर्फप्रस्थान गर्‍यौ । हुन त ध्रुवनारायण त्रिपाठी लगायतका सरहरु हल्द्वानीमा रेलको टिकट काट्न जानुभएको थियो । तर, र्व्यर्थ सावित भयो । रेल चढने धोका क्षीण हुदै गयो । सोही नैनीतालबाट चढेकै मोटरमा हरिद्वार पुग्नु अघि हामीले रुद्रपुर, रामपुर, जसपुर ठाउहरु काटेका थियौ । कुहिरोले ढाकेकोले कतै कतै चाहे अनुरुप हर्ेन पाइएन ।

भारतको यात्रामा हामी सबैले टुटेफुटेका हिन्दी भाषा बोल्ने बानीको विकास गरेका थियौं । एक आपसमा हिन्दी बोल्दा हामीलाई अनौठो र रमाइलो भान भएको थियो । हाम्रो यात्रा रोडवेजको दर्ुइवटा मोटरमा भएको थियो । एउटा मोटरको नेतृत्व राजेश र लक्ष्मण सरले गर्नु भएको थियो । उहाहरुको नेतृत्वमा २५ जना थिए भने ध्रुवनारायण त्रिपाठी र गोपाल कुवरको नेतृत्वमा हामी २७ जना थियौं । हामीहरुको मोटर अघि पछि भैरहन्थ्यो । जसपुरमा पुग्दा सगै भयौ । वाटोमा डीवि जी हरुले रमाइलो गर्नुभएको थियो ।

नास्ता खान दुबै मोटर रोकियो । जसपुरमा दह्रो नास्ता खाइयो । लालबहादुर कार्की सरको एउटा थेगो बन्यो– खाए पनि फालेपनि तीन रुपैया । केही समय कुरा बुझिएन पछि थाहा भयो । उहाले चिया तीन रुपैयामा एक कप खानु भएछ र जसपुरमा पिसाब फर्ेदा पनि तीन रुपैया नै लागेछ । त्यसैले उहाले भन्नुभयोको थियो । खाएपनि फालेपनि ३ रुपैया ।खुव हासो भयो । भ्रमण अवधि भर त्यो भनाई खुब चल्यो । यस्तै कम्पनी र पि एफ पनि कम्ति चलेन । जसले जे, जसलाई भने पनि कम्पनी भन्ने चलनले त झ्याली नै पिट्यो ।

पिसाव फाल्नेलाई पि एफ भनिन्थ्यो छोटकरीमा । हाम्रो कोड भाषा त रोडवेजका स्टाफहरुले समेत बुझेर खुब हासे । हरिद्वार सम्म पुग्दा हामीलाई नैनीतालबाट नौ घण्टालाग्यो । हाम्रो यात्रा गर्ने मोटरमा भारतिया व्यक्तिहरु समेत थिए ।

बाटामा मैले देहरादुनकी एक युवती संग चिनापर्ची गरे । मलाई लागेको थियो उनी प्लस टु पढ्दै होलीन भन्ने लागको थियो ।तर उनी त कर्मशमा स्नातकोत्तर पो गर्दै रहिछन। म छक्क परे । उनको नाम दिव्या रहेछ । उनको घर देहरादुन रहेछ । बैंकमा जागीर पनि खादी रहिछन । एक्ली छोरी भएकोले देहरादुनमा उनी एक्लैबस्ने तर बुवाआमा भने दिल्लीमा ब्यापार गरेर बस्ने गरेको बताइन । उनले आफुलाई मन पर्ने गीत सगींत र कारण समेत बताइन अनि देहरादुन आउदा सर्म्पर्कका लागि भनेर फोन नम्वर पनि दिइन । सानी तर राम्री थिइन उनी । साथीहरुले जिस्काए मलाई । हिन्दी सायरीबाट केशरी मेडम प्रभावित हुनुभएछ की क्या हो हास्दै सायरी त डायरीमा उतार्न पर्ने खालको छ भन्नुभयो । हरिद्वार पुगेपछि दिव्या देहरादुन तर्फलागिन हामी सबै ओर्लियौं । मैले दिव्यालाई विदाइ गरे ।

वसपार्कमा नेपालीको बाहुल्यता

हरिद्वारमा ओर्लियौं । दुर्गन्धित बस स्टेशनमा झोला विसाएर नाक थुन्दै करिब घण्टा वितायौं । बस पार्कमा झण्डै ३ सय नेपाली शिमला जान गाडी कुरेर वसेका थिए । कुरा गर्दा नेपाली हुनुको पिडा,गरिवीले गाउ छाड्न पारेको बाध्यता झल्किन्थ्यो । उनीहरु शिमलामा सडक निर्माणमा काम गर्दा रहेछन । सुर्खेतका करिब ४०।५० नेपालीहरु कामको खोजीमा सिमला हिडेका रहेछन् । गोपाल बस्यालको आवास प्रबन्ध टोलीले मुलतान गेष्ट हाउसमा आवासको प्रबन्ध मिलाएपछि बस स्टेशनमा रहेको ठेलामा रहेको कम्पनी १० रुपैया प्लेटको चावल -भात) सबै साथीहरुलाई खुवायौं । अनि मास्थिर नदि किनारमा रहेको मुलतान गेष्ट हाउसमा पुग्यौं ।

सो गेष्ट हाउसमा नेपाली दाइ/भाइहरुले नोकरी गर्नु हुदोरहेछ । राम्रै तरिकाले हामीलाई उहाहरुले स्वागत

गर्नुभयो । गेष्ट हाउसबाट सांझ पखको दुश्य मनमोहक देखिन्थ्यो ।

देहरादुन जाने गोप्य निर्णय

हरिद्वारमा केही समय हामी शिक्षकहरुबीच देहरादुन जाने नजाने बहस चल्यो । कार्यक्रम संयोजक लक्ष्मण थापाले समय र पैसा नपुग्ने कुरा बताएपछि सवै मरिच चाउरिए झै देहरादुन जानबाट चाउरियौं । तर राजेश,डिवी र म गोप्य योजना वनाएर देहरादुन जाने भयौ । साझ पख हल्का ज्वरो र बढी खोकी लागेको भनेर डिवि जी लाई विरामी भएको वहाना बनायौ । राती सुत्न कठीन भयो । भनेर अर्को दिन विहान पख बिहानै उठेर राजेश र म डिवि जी लाई ओखती गर्न बाहिर क्लिनिक तर्फलागेको भनेर एकाएक देहरादुन पुग्यौ । देहरादुनमा एकएक थान पाइन्टका कपडा किन्यौ । देहरादुनको खजुरी पनि किनीयो । देहरादुनको चामल र लिची चर्चित रहेछ । हरिद्धारवाट जम्मा ३२ किमि टाढा नजिकैको मसुरी भने जान पाएनौ । मसुरी पर्यटकिय दृष्टिले चर्चित छ ।अन्य सबै साथीहरु हरिद्वारका प्रसिद्ध पतञ्जली योग पीठ भगिरथी नदिको किनारामा रहेको गंगामाता, मनसादेवी लगायतका पीठहरुको भ्रमण गर्नु भएछ । हामी तीनजनाले फर्केर भगिरथी नदीको बीचमा रहको गंगामाताको मन्दिर हेर्‍यौं । भारत माता मन्दिरमा साथीहरुले विद्यार्थीहरुलाई लिफ्ट चढाएछन् । तर हामीहरुले सो भारतमाता मन्दिर र पतञ्जली यो पीठ हर्ेन भ्याएनौं । अन्य स्थानहरुको भने रेक्सा चढेर परिक्रमा गर्‍यौं । साह्रै रमाइलो रहेछ हरिद्वार हाम्रो एक दिनको धुमाइ, साह्रै कम भएको हामीलाई अनुभूत भयो । गंगा नदिमा मुख धोएर नुहाएको वाहाना गरियो । रामदेवको पतन्जली योग शिविर हेर्न पाइएन,धार्मिक स्थलहरु घुम्न पाइएन तै पनि भ्रमण रमाइलो भयो । हरिद्वार आनन्दको ठाउ रहेछ । चञ्चल मनहरुलाई विश्राम गराउने थलो रहेछ हरिद्वार । गोपाल बस्याललेे उत्तरमध्यमा पढेको ठाउ रहेछ हरिद्वार त्यसैले सो ठाउ धुमाउने जिमा उहाले लिनुभएको थियो । सस्ता सस्ता कपडा पाइने ।हामीहरु सबैले हरिद्वारबाट आफूलाई मन पर्ने कपडाहरु सुइटरहरु किन्यौं । राम्रो र सस्तो किन्नेहरुको भीडनै लाग्दो रहेछ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।