19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

विदेशमा गैर कानूनी भएर बांच्दा

कविता राज कुमार पुडासैनी January 13, 2009, 8:37 pm

समय आगोको राप संगसंगै दन्कीरहन्छ

मनहरू आगोको त्यसै ज्वालासंग संगै

बलिरहन्छ

बेस्सरी निस्सासिएर धुंवाको मुस्लो

कतै आकासतिर एकोहोरो माथि उड़ेको उडैं गर्छ

यौटा विदेशएर छट्पटिएको

निर्दोष सपनाको लहडमा

पुरै जिंदगी घाइते भएर बिताउंदै गर्दा

धेरै जिंदगीहरु

अनायश,

सपनामै तुहिएर सकिदा रहेछन

एकोहोरो काहाली मात्रै लाग्ने रहेछ

समुन्द्रको रोमांचक छालहरू

अथवा,

मनोरम मौसमका

यात्रुहरू संगसंगै बोकेर आएका

सुमधुर समयहरुले

कहिल्यै रोमांचित नबनाउने रहेछ

बस, केवल छट्पटाहट अनिंद्रा र,

पर पर सम्म फैलिएका छरपस्ट सपनाहरु सिबाय,

रातभरि ओछ्यानमा सुस्केरा फेर्दै

सयौ कोल्टे फेरेर

बेचैनका निंद्रा लिएर सुत्नु पर्दोरहेछ

हिउदभरि छाएका बग्रेल्ती सपनाका असंख्य छानाहरू

अनिश्चित बसाई र

झंझटिला जालहरूले बेरिएर

फेरी बर्षा शुरू भएपछि

आशा पलाएका छानाहरू

चुहिएर सकिदो रहेछ ।

नुवाकोट, हाल बेल्जियम

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।