19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

सबैले बोल् बोल् भने

गजल राकेश कार्की January 16, 2009, 1:26 am
राकेश कार्की
राकेश कार्की

सबैले बोल् बोल् भने बोल्न सकिन

डराएर मनको कुरो खोल्न सकिन

ईच्छा थियो बादल चढी चन्द्रमा छुन

सूर्य बनि बाधालाई पोल्न सकिन

रोक्दा रोक्दै आँशु झरी अँजुली भरी

मिलाई उनको खुशीसित घोल्न सकिन

हैसियत नै के छ यस्को पो भन्नथाले

मखमलको अगाडी भाउ मोल्न सकिन

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।