19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

शहीद विद्युत र श्रद्धाञ्जलि

कविता दीपेन्द्र के.सी. January 16, 2009, 1:35 am

सुनसान,सामसुम, शान्त

उदाश, निराश, सन्तप्त चिमहरु

सूर्यको प्रकाशले गिज्याउछ

हरेक अध्याराहरुले अंठयाउछ

टुकी र मैनहरुले घेरिएर

कहीं कतै दियालाहरुमा वेरिएर

तातो राप र अरुको उज्यालोमा

आफूलाई देखाउदै चिन्तितरु

सडकमा उभिएर

नेताज्यूको भाषण सुनेर लज्जित

नया नेपाल सुनेर त्रसित

अर्थमन्त्रीहरुका योजना सुनेर आजितरु

तिनै चिमहरु रु आज

अंध्यारा वस्तीहरुमा

विद्युतको शोक श्रद्धाजंलि मनाउदैछन

नेताहरुका योजनाका शोक शन्देस पढेर

जलश्रोतको पुराण भट्याएर

हरेक दिन १६ घण्टा मौन धारण गर्दैछन

विद्युतलाई शहीदको सूचीमा चढाएर।।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।