19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

पागल

लघुकथा हरिहर दाहाल January 16, 2009, 4:02 am

उनिहरु गाउँ बिकास समितिको सभा सकेर घर फर्कदै थिए।एक्कासी बाटामा एउटा पागल आफ्नो गुप्ताङलाई हातले सुम्सुम्याउदै, सर्बाङग सडकमा कुद्दै गरेको देखेर महिला र बाल बच्चाहरु लाजले आँखा छोप्न थाले ।

चार - पाँच जना बयँस्क केटाहरु मिलेर पागललाई समात्दै रुमाल र जुत्ताको-इजार प्रयोग गरी लगौंटी बनाएर गुप्ताङलाई छोपिदिए।लामा - लामा नंग्रा, कुरुप अनुहार,दङदंती गन्हाउने शरीर, उसको मुखबाट मरेको कुकुरको सिनु जस्तै दुर्गान्ध आउँदै थियो। उ खबरदारिको स्वरमा कराएर भन्दै थियो कि "म मरे पनि आत्मासमर्पण गर्दिन, गुद्-द्वारमा लुकाएर राखेको कागज हेर्नेलाई मारिदिन्छु"।

केटाहरुले उसका बलिस्ठ पाखुरा र खुट्टाहरुलाई डोरिले बाँदेंर भुइमा लडाउँदै गुद्-द्वारमा लुकाएर राखेको कागज निकाले।

कागजमा लेखिएको ब्यहोरा पढ्दा थाहा भयो कि पत्र अख्तियार बाट लेखिएको रहेछ - समाज सेबा का नाममा कमाएको अकुत सम्पत्ति सहित उसले स्थानिय प्रशासन समक्ष् पन्द्र दिन भित्र आत्मासमर्पण गर्नु भनी लेखिएको पत्र पढिसकेपछी सबैको अनुमान सही साबित भयो कि उ त्यही सधैंभरी टेलिभिजनमा आइरहने र सभा-सम्मेलनलाई सम्बोधन गरिरहने चिर्-परिचित राष्ट्रिय ब्यक्तित्व नै रहेछ। उसलाई सबैले

लाइन लागेर नमर्ने गरी स-संमान एक-एक लात्ती हिर्काए। र स्थानिय पार्टी कार्यकर्ता को रोहबरमा नजिकको प्रहरी चौकिमा बुझाइदिए।

यो समाचार भोलिपल्ट रेडियो बाट प्रसारित भयो।रेडियोबाट समाचार सकिना साथ मुलुकभरी पागलहरुको संख्या यसरी बढ्यो कि प्रहरीहरुको परिचालन समेतले तिनिहरुलाई संहाल्न नसकेर नेपाल सैनिक को सहयोग लिनु पर्‍यो।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।