19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

पोखरा

कविता कुम शाही January 16, 2009, 8:34 pm

तिम्रै बिशाल काखमा

बिभिन्न नामले परिचित

बसन्त फुलाउदै कांडालाई पन्छाउदै

अंकुर फुटाउदै बहार उन्यौ ,

पृथ्वीमा घाम छरिदा नछरिदै

सरद्को दाना सगै फूलहरु हाँसिरहेका

धोबिनी चरी बोलिरहेकी

परिवर्तन र नयाँ यामको खोजिमा

तिमी कती भाग्यमानी पोखरा,

परिबर्तित मौसमसगै तरुनी तन्नेरीहरु मधुर मिलनलाई

मनको गति दिन करुण कहानी र जीवन गाथा यौवनको

बैसालु रस पस्कदै

अपुरो कथा पूर्ण गर्न ब्यस्त छिन्

पोखरा,

तिम्रै कोमल आलिँगन

अनेकौ नामधारी तालहरु

फेवा,बेगनास, रुपा

अरु अनगिन्ती नामहरु

प्राकृतिक मनोरम

मधुर रस कि धनी

पोखरा,

माछापुछ्रेको काखमा

सेतीलाई पोल्टामा लुकाएर

आफ्नो गन्तब्यमा पुग्न आतुर

कति शक्तिशाली तिमी

पोखरा,

तिम्रै स्पर्शले आँशु र सुस्केराहरुलाई

सदाचारको माला पहिराइ रहेछौ

मधुर चुम्बनको साथ

तिम्रो शताब्दियौ देखिको आगमनलाई

सुस्वागतम "पोखरा" ।

ब्रसेल्स, बेल्जियम

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।