18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत केदार श्रेष्ठ January 18, 2009, 3:07 pm

अघाउदिन खै किन उसलाई जति हेरे पनि

नसकिने रैछ माया जसलाई जति गरे पनि।

यौवनमा फुल्दो रैछ माया फूल जस्तै गरी

बसेपछि माया आउदो रैछ झ–झल्कोमा घरीघरी

सागरको पानी माया नसकिने घैला जति भरे पनि

अघाउदिन खै किन उसलाई जति हेरे पनि।

हेरी रहूँ लाग्छ सधैँ लाग्छ मन नजिक हुन

सँगसँगै जाऊँ लाग्छ आकाशको तारा छुन

अब सँगै मर्छौ वाँच्छौ संसार सारा जले पनि

अघाउदिन खै किन उसलाई जति हेरे पनि।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।