19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

को कसरि पागल हुन्छ

कविता हरिहर दाहाल January 18, 2009, 7:07 am

जब म सानै थिए,

अत्यन्तै खुशी हुन्थें।

हाँस्नु मेरो दिनचर्या थियो।

मट्याङ्रा र गुच्चा सगै बिताइदिन्थे दिनहरु।

बल्छी हान्नु साह्रै मज्जा हुन्थ्यो ।

जब-जब उमेरले गती लियो,

दिनचर्या मा पनि अदल-बदल पक्कै जरुरत थियो।

किन नभै रहन्थ्यो र त्यो वास्तविकता,

म आकुल भए,ब्याकुल भए।

प्रतिक्षा गर्नु कस्टप्रद ब्यथा रहेछ,

कसैको प्रतिक्षाले निरास तुल्यायो।

शारिरिक असन्तुलनमा ब्यापकता ल्यायो ।

मानसिक रोग थियो त्यो,

डाक्टर साहेबले पल्टा खाए।

जब- जब उनको माँयामा निकटताको आभाश हुन्थ्यो,

तब- तब आराम र सुखको भान हुन्थ्यो।

बिबशता र बाध्यताले उनको प्रतिक्षा निरर्थक भयो।

अप्राप्ती साह्रै हृदयविदारक हुदो रहेछ,

म अर्ध - पागलमा साबित् भएँ।

अन्धो समाजको कहाँ छ र चेतना

उ ठम्याउन सक्दैन,

को कसरी पागल हुन्छ!

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।