14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

बसन्त वर्षा

कविता कृष्ण प्रर्साई January 20, 2009, 12:40 am

संयोग नै भनु,

तिमीसंगको पहिलो भेटमै–

तिमीले मलाई बशन्त हुनु भनेकी थियौं।

बशन्तको पर्याय–

मलाई काफल र कोइली मनपरे पनि,

राताम्मे गुरासे पाखाले मन छोए पनि,

वर्षाऋतु मन पर्नुमा–

मेरै कमजोरी हुन सक्थ्यो।

हामी वीचको अन्तर यति नै थियो –

काफल पाक्नु र वैश फुल्नु जस्तै।

कोइली बोल्नु र बसन्त फल्नु जस्तै।

त्यस्तै त्यस्ता सम्झनाहरुको ताँतीमा–

मलाई मनपर्ने मनसुनहरु थाती राखेर–

मलाई मन पर्ने बादलका रातहरु छोडेर,

एक दिन मैले एकाएक तिमी मै समाहित हुने गरी,

बसन्तको पर्याय तिमीसंगै सम्झौता गरे,

त्यति खेर मलाई –

मेरो मायाको पराजय भन्दा पनि–

तिम्रो सम्मोहनको विजयले तान्यो।

बशन्त त निकै मापाको हुदोरहेछ ,

माया गर्न मान्छेहरुलाई–

बसन्त त निकै बलशाली हुदोरहेछ,

मन चोर्न मान्छेहरुलाई।

एक दिन त उस्ले सुटुक्क भन्यो–

मेरो सृजनामा झुक्न सक्ने कवि,

एक पटक आफै बशन्त हुन सिक त!

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।