19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल वसन्त थापा January 20, 2009, 7:02 am

खेतमा धान झुलेको छ।

मायामा मन भुलेको छ।।

चञ्चल दिल स्थिर छैन।

भमराझैं दिल डुलेको छ।।

आहुती दिन्छु मायामा प्राण।

प्रितीको फुल फुलेको छ।।

भेटिन आज दिलदार माया।

प्रेमको बाटो खुलेको छु।।

मायालु रम्ने मायाको संसार।

“जीवन”मा बितृष्णा घुलेको छ।।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।