18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

उ मुस्कुराइरहेको थियो

लघुकथा हरिहर दाहाल January 23, 2009, 11:10 am

गाउँ भरी नै सम्मानित थियो उ।सामाजिक संघ-संस्था तथा स्थानिय सार्वजनिक महत्वका कुनै पनि कार्यक्रमहरुमा बिना उसको उपस्थिती कार्यक्रमनै खल्लो महसुस हुन्थ्यो।बिभिन्न संघ सस्था को सस्थापक अध्यक्ष,सल्लाहाकार समितिको संयोजक,आजिबन सदस्य,मानार्थ अध्यक्ष जस्ता अनगिन्ती गरिमामय जिम्मेवारि तथा संलग्नताका कारण उ अत्यन्तै ब्यस्त हुन्थ्यो।प्रमुख बक्ताको रुपमा होस् वा पुरस्कार ग्रहणका लागि होस,उ देश-बिदेश समेतका कार्यक्रममा गैरहन्थ्यो।

उसको ब्यक्तित्व,मानवीय संवेदना,उदारता र योगदानका बारेमा देश-बिदेशका पत्रपत्रीका समेतले प्रमुख समाचार का रुपमा लेख्ने गर्दथे । स्वाभिमानी चरित्र,लगनशिलता र अनुशासन को नमुना थियो उ। सधैं हाँसी रहन्थ्यो। रिस घमन्ड र आक्रोस कहिल्यै देखिएन उसमा ।

उ बारम्बार यिनै कुराहरु भनिरहन्थ्यो-" कि जन्मनु भनेको मर्न र मार्न का लागि हैन,जिवन बाँच्नु को उद्द्धेस्य श्रृजना र परिमार्जन का लागि हुनु पर्दछ।ध्वंस, बिनाश र हत्या जस्ता अमानबिय अपराध कायरहरुले मात्र गर्दछन।सुधार र बिकासका नाममा बिनास गर्नु अपराध हो।भौतिक बिकास र सामाजिक परिवर्तनका लागि चेतना को बिकास हुनु जरुरी छ"। यिनै सर्बमान्य र सत्य भनाइ र गराइका कारण

सर्बत्र संमानित थियो उ।अन्याय, अत्याचार र गरीबि बिरुद्ध का अभियानमा उसले कसैलाई पनि रुवाएन। माया र संयमताको उत्कृष्ट हतियार प्रयोग गरेर संसार जित्दै थियो उ । उसको व्यबहार र चरित्र देख्दा यस्तो लाग्थ्यो कि उ समाज-बिकास र सुधार का लागि बरदान हो ।

एक्कासी उ गाउँबाट हरायो। कहाँ गयो,के भयो,कसैलाई पनि थाहा भएन।गाउँ भरी रुवा-बासी चल्यो। प्रशासनले उसलाई भेट्टाउनेलाई ५० लाख रुपैया पुरुस्कार को घोषणा गर्‍यो।अथक् प्रयास गर्दा पनि उसलाई कँहि-कतै भेट्टाउन सकिएन ।

घाँस-दाउरा लिन जाने गाउँलेहरुले हराएको एक महिना पछी एक्कासी उसलाई जङलमा भेट्टाए। छातीमा गोली ठोकी, हात-खुट्टाहरु भाँचेर, रुखमा बाँधिएको अवस्थामा भेटिएको उसको शरीर गन्हाइ रहेको भएपनी अनुहार चाँही अझै मुस्कुराइरहेको थियो।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।