वाँच्नु आखिर कहर भयो
जीन्दगी त्यसै जहर भयो
वन्द हड्ताल जुलुसहरु
सवैको लागि लहर भयो
गजलगीत गाउनेको लागि
छन्दको एउटा वहर भयो
जता भत्काए पनि भत्कने
जीन्दगी कुलेसो र नहर भयो
ऊँशान्तिको नाम जप्दै यहा
बुद्धलाई मार्ने शहर भयो
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।