18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल सलोजा दाहाल January 26, 2009, 12:14 pm

बचाईको क्षण लामो लागि वित्ता गन्न नपरोस।।

कलकाउने जवानीका चित्ता गन्न नपरोस।।

सदा सदा रहोस मानब ईतिहासमा मात्र हैन

शान्तिका ती महालहरु रित्ता गन्न नपरोस।।

सत्कर्मका झ्यालीबाट चिहाउछन् बुद्धहरु

कुकर्म बस ठडिएका भित्ता गन्न नपरोस।।

जीजीविसा चाहानेले बाच्न पाउनु पर्छ जिवन

माकुराका तहस नहस खित्ता गन्न नपरोस।।

सुपुत्र र सुपुत्रीमा अंश कहिल्यै लाग्नु हुन्न

एउटै नेपाल भूमि भित्र कित्ता गन्न नपरोस।।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।