17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत ज्ञानेन्द्र गदाल February 2, 2009, 3:56 am

तर्कि तर्कि निहंड घुर्की लगाई नहिंड

चोखो माया पिरतीको पाप लाग्ला है ।

माया धर्म हो माया कर्म हो

एकार्काको मुटु जोड्ने दिलको मर्म हो

जोगाउ आफ्नो धर्मलाई

बचाउ दिलको मर्मलाई

जथाभावी खेलाँची नगर

चोखो माया पिरतीको पाप लाग्ला है ।

दुखमा रोएको मायासँग

सुखमा हाँसेको मायासँग

गहिरो आत्मीय धून हुन्छ

दुई आत्माको गुनगुन हुन्छ

धुलो सम्झी उडाउन नखोज

चोखो माया पिरतीको पाप लाग्ला है ।

डेन्भर, कोलोराडो

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।