19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल मबि सिह February 3, 2009, 7:52 am

रङ्गाएछौ, पछ्यौरीहरु छानी छानी !

अल्झाउन, मेरो बुटामा जानी जानी !

ठीकै भयो, तिम्रो काईयो हराएर

कोर्नु केस, मेरा औंला नै तानी तानी !

सुनका छन्, हथकडी र दील तिम्रा

दङ्ग छु म, स्वेच्छाले कैदी मानी मानी !

तिमी उता, छुट्टै म यता, जलि रह्यौं

भेट्ने तय, भए ठाउँमा पानी पानी !

तिम्रो घर, नाघेर जाने ईच्छा जागे

सख्त पार्छु, आफ्नै घुंडामा हानी हानी !

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।