18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

मेरो मुटु

कविता केदार श्रेष्ठ February 8, 2009, 2:39 pm

फूल उनी,

जून उनी,

खुन मेरो उनी

देखिन आज मैले

भेट्न किन आइनन्?

किन मेरो आँखाबाट ओझेल परिन्?

प्रिय

कुनै परिबन्धमा त परेनौं?

कतै समय पापीले त बाधेन?

कति आतुर थिए मेरा ओठ

तिम्रो नाममा लेखेको मनको वह,

तिम्रै यादमा कल्पेका कल्पनाहरु

तिमीलाई सुनाउन

तर

अहिले ब्याकुल भा'को छु म

तिमीलाई नदैख्दा,

तिमीलाई नभैट्दा,

रोइरहेछन् आँखा,

विरह र वेदनाको आँधी चलिरहेछ मनमा।

ज्वारभाटाहरु उर्लिरहैछ,

सात रेक्टर स्केलको भुइँचालो गइरहेछ मष्तिष्कमा

कतै हिजो भेटेको क्षण नै

अन्तिम त होइन?

हिजो बोलेको आइ.लभ.यू.

र तिम्रो त्यो कोमल हातले मुसारेर

गालामा च्वाप्प खाएको म्वाई

अन्तिम हुने त होइन?

कतै दैवले अन्तर्घात त गर्नै हौइन?

त्यसैले म भगवानसँग विन्ति गर्छु

हे! भगवान

कहिलेकाहीँ त मेरो मनको कुरा पनि पूरा गराई दैऊ न

फूलपाती चढाउँला

त्यतिले नपुगे

के माग्छौ घुस भन

म दिन तयार छु

रागो, बोका, कुखुरा,परेवा........जे माग्छौ,

म चाहान्छु–

उसको मायामा

मेरो यो शरीर समाधिष्थ गराउन,

उसको मायाको रापमा

यो ज्यान खाग बनाउन।

उनी टाढा छिन्

मेरो कुपोषणयुक्त

इच्छा,आकांक्षा र सपनाहरु

मनसँगै बतासिएर

कहिले बतासमा,

कहिले वर्षातमा

समाहित हुँदै उसको प्यारमा

उसको माया

आँखाको डिलबाट

बग्न थाल्छ अवीरल,

म सम्भि्कन्छु उसले भनेको कुरा–

तपाईँलै भनेको हैन?

तिमी मेरो मुटु हौ भनेर

हो म तपाईँकौ मुटु भए

तपाईँ मैरो शरीर

शरीर र मुटु कहिले अलग हुन सक्छ?

त्यसैले अब हामी एउटै भएनौ त?

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।