19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

विवषतामा वाँचेको आत्मा

कविता एकलव्य राज February 8, 2009, 6:42 am

फोहोरको डंगुरमा

लुकामारी खेल्दै अभावका डोकाहरु

उनिहरुको सामु लम्पसार परेको छ ।

उता हरक्षण आकाशिने होडमा

कुदिएका छन्

प्रातकालिन समय

पुष्पगुच्छाका अगुल्ठाले

छोपिदै स्वर्ग खोज्ने होडमा

भौतारिरहेको काला वादलहरु

गुरुरु गुरुरु यता उता

चाँपाचाप त्यो अस्लिल नगरीमा

कुरिरहेकाछन् मानवताका

भण्डारमा वस्न

तर यता भने

वाध्यताका पोका पन्तुराहरु लिएर

भोकको ढाकरलाई अँगोछाले छोप्दै

कालो निस्लोट रातमा

प्याट प्याट गरेको चाप

सुनिन्छ अनि गुजिन्छ

ति रातका प्रहरहरुमा

खोज्दैछन संयमका डोरीहरु

कर्कलोको पानी अडिनु जस्तै ।

अगेनाको छेउमा निदाईरहेको त्यो चोखो

आत्मा नानाले जाडो भगाउनुको सट्टा

रापले तताईरहदा

माथि कौसींवाट छ्याप्प मैलो पानी

सडकमा पर्छ अनि उसका रातका

वयेलीहरु सुसाउछन्

चुईक्क चुईक्क

कहा लागेको छ र निन्द्रा

खोज्दै छ अगेनाको राप

भेट्दैन केहि ।

त्यसैवेला माथी

घृणाको तलाउवाट

उशाको लाली सँगै व्युझदै

एक मुठो प्रेमको थाली वोकेर

मन्दिर र विहारका स्तुपामा

एक अम्खोरा पानीले आफ्नो

कर्तुतलाई पखाल्दै

कोटी होमको मन्त्र जप्दै

एक भारी फूलले

ओढाईन्छ त्यो स्तुपामा

त्यति नै खेर

उ परवाट चियाई मात्र रहन्छ

उसका वख्खुले एक डोको निन्द्रा

भिजेका छन् दलिनवाट

संस्कारमा जिउदै

भिडमा हराउदै

खुरुरु खुरुरु

यता उता दौडिन्छ

भोक र आशुको विटो वोकेर

चियाउछ छेउछाउका अभ्रखमा

त्यहा छ एक भारी भोकका पोकाहरु

हरेक जत्था मानव र संस्कारले

उनीहरुलाई पुर्छन फोहोरको सगरमाथामा

तर ठिक विपरित

फूल र लड्डुको घुईत्रो हान्दै

सलामी ठोक्छन् स्तुपामा ।

तर

उ भने सधै

विवषतामा वाँच्न

सडकका पेटी कोट्याउन

आकाशको छानो लगाई

कोल्टे फेर्न वाध्य छ ।

सुन्यतामा विकेको

उसको संकटलाई

अन्धकारले टेकेको

उसको बिवषतालाई

चुलिदै गएको

उसको भोकलाई

लात हानेका छन्

अर्ध चेतन धर्मात्माले ॥

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।