मन को राजा पर-देशमा गाउँको चरी बनमा
आँशु पिउदै, बाटो कुर्दै नजर् पापि धनमा
परदेशमा दु:ख होला आँशु झर्दा होलान्
घर-परिवार संझिएर छाति पिट्दै रोलान्
छोरा- छोरी सोध्द्छन् संधै बाबा कैले आउने
रुदै भन्छन- बर्सौ भयो भेट्न कहिले पाउने
आउनुस् हजुर फर्किएर कती बस्नु पिरमा
संगै बसौं,संगै खोस्रौं आफ्नै पाखा भिरमा
साग- सिस्नु खाँउला बरु मन हाँसेर गाँउमा
दिल् खोलेर सुत्न मन छ तिम्रा कोमल पाउमा
मन मात्र नभरिएको सिमा छैन धनमा
सपना र आशा बढ्छन लोभि पापी मनमा
मरि जाने चोला हो यो कती बस्नु रुँदै
भेट् नहुने मायालु को प्रेम बन्दी हुँदै
बिन्ति हजुर फर्कि आउनुस् तड्पी रा छ मन
धन भन्दा खुशी ठुलो आफ्नै संस्कार पन