18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

जिन्दगीको

कविता केदार श्रेष्ठ February 10, 2009, 1:36 pm

दुःखै–दुःख, धोका,घुणा साथ जिन्दगीको

मन रुँदा हाँस्नु पर्ने जात जिन्दगीको।

पृथ्वीको भार भइयो सकिएन गर्न केही

यस धर्तीमा जन्मिएर गरैँ मैले घात जिन्दगीको।

न आफ्नो बनाउन सकेँ न कसैको हुन सकेँ

प्रयासमै बित्यो जीवन खाएँ लात जिन्दगीको।

परदेश आ'को धेरै भयो वित्यो जीवन यसै

पैसै ठूलो ठान्ने समाजको हात जिन्दगीको।

प्रयास मेरो जारी छ है हरेस अझै खा'को छैन

'गगन' चुम्ने इच्छा मेरो आँट जिन्दगीको।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।