गीत

गीत जेबी खत्री July 12, 2021, 8:16 pm

जेबी खत्री
जेबी खत्री
कति आए आँखाहरू जुँधाउँदै बास माग्न ।

कति आए हातहरू खोलेरै यो साथ माग्न ।।

जाँदिन म कसैसँग फेरि आर्को नाता जोड्न ।

सक्दिन म तिमीसँग जोडेको यो नाता तोड्न ।।

पाइराखेको साथ तिम्रो कसरि म सकौँ छोड्न ।

जुनीजुनीसँगै जिउँन जोडेको यो नाता तोड्न ।।

कति आए हृदयको ढोका खोल्दै बास माग्न ।

कति आए हातहरू खोलेरै यो साथ माग्न ।।

दुःख सुःख जे छ त्यसमै रमाउँला बरू ।

हाँसिखुशी सँगै बाँच्ने सँगै मर्ने बरू ।।

चाँहिदैन सुन चाँदी हिरामोती अरुहरू ।

भुल्दैनन् बाचा कसम चोखोमायाँ गर्नेहरू ।।

कति आए आँखाहरू जुँधाउँदै बास माग्न ।

कति आए हातहरू खोलेर साथ माग्न ।।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।