मान्छे शक्तिशाली कि समय ? के प्रकृति र समयलाई मान्छेले जित्न सक्छ ? यो प्रश्नको उत्तर त्यति सजिलो छैन । उत्तर नभएको पनि होइन । तर तरबार बलियो कि कलम ? ज्ञान र विज्ञान कुन ठूलो ? अध्यात्मवाद ठूलो कि भौतिकवाद ? बल ठूलो कि बुद्धि ठूलो ? भनेर डमी विषय खडा गर्दै विद्यार्थीलाई वादविवाद गराएर जसले जुन पक्षमा तर्क गर्न सक्छ त्यही ठूलो भने जस्तोे डमी बहस पनि यो होइन
साहित्यकार मूलतः दुई प्रकारका हुन्छन्- स्रष्टा र द्रष्टा। स्रष्टाले सिर्जना गरेको सिर्जित रचनालाई द्रष्टाले देखेर त्यसको समीक्षण मूल्याङ्कन गर्दछ। अझ त्यस रचनालाई पर्गेलेर केस्रा केस्रा केलाएर त्यसका विभिन्न पक्षहरूको निरीक्षणसमेत गर्दछ। स्रष्टा भनेको ब्रह्म हो, निर्माता हो। संसार र समाजका दृष्ट र अदृष्ट कुराहरूलाई देखेर त्यसभित्रका कमी-कमजोरी केलाउने गर्दछ
(प्रकृतिको बहाव → चेतनाको विस्तार → जनताको विशाल मार्च → उत्कर्ष)
कुनै पात्र छैन, कुनै संवाद छैन, कुनै राजनीति छैन । केवल प्रकृति छ— जसको बहावबाट पछिका सर्बत्र बगिरहेको अनुभूति दिइरहेको थियो । हो, यो प्रकृतिको वहाव नै थियो ।
प्रकृति मेरुदण्ड हो । बिहान आफैँ आइपुग्दैन— रातलाई बिस्तारै पछाडि धकेल्दै आउँछ
नवीन चेतना र चिन्तनका भावुक , निडर , निश्छल एवं यथार्थवादी उदीयमान युवाकवि अशोक भुसाल परिवर्तनका संवाहक र पहरेदार हुन् । वि. सं. २०३८ भाद्र १२ गते माता लक्ष्मी शर्मा भुसाल र पिता कमल शर्मा भुसालका पुत्ररत्नका रूपमा र. न. पा. -३ , शान्ति चोक , चितवनमा अशोक भुसालको जन्म भएको हो । स्नातक तहसम्मको शिक्षा हासिल गरेपश्चात् र. न. पा. कार्यालय , चितवनमा कार्यरत रहेका कवि भुसाल सम्प्रति नेपाली साहित्यको अध्ययन र साधनामा लत बसाल्दै सामाजिक कार्यमा समेत सक्रिय भूमिका निभाउँदै आइरहेका छन्
भुर्तेलजीका दुई छोरा र एक छोरी : जम्मा तीन सन्तान।
पोहोर कान्छाको विवाह गरिदिए । विराटनगर कान्छाको ससुराली ।
त्यसअघि नै दुई सन्तानको व्यवहार गरी सकेकै थिए । छोरी सिन्धुलीतिर स्कुलमा स्थायी शिक्षक छे; मिर्चैया हुँदै जानुपर्छ– उसले । उसको घर लालबन्दी हो; श्रीमान उतै अफिस गर्छ । जेठो जलेश्वरमा हाकिम छ; उसकी श्रीमती लहानमा स्कुल चलाउँछे
स्रष्टा चिनारीः–
पुण्य कार्कीको जन्म स्व.भीमध्वज कार्की र स्व.चन्द्रकला कार्कीका तेस्रो पुत्नरत्नका रुपमा साविक ताम्लिछा वडानम्बर–२ (हाल लिम्चुङ्बुङ गाउँपालिका)मा वि.सं. २०२७ भाद्र १८ गतेका दिन भएको हो । हाल उहाँ श्रीमती रेणुकाकुमारी राउत (कार्की), छोरा आशीष कार्की र छोरी अस्मिता कार्की सहितको परिवारमा त्रियुगा नगरपालिका वडा नं. ३ मोतीगडा, उदयपुरमा स्थायी रुपमा बसोबास गर्दै आउनु भएको छ