जन्मेकै दिन, आरम्भ हुन्छ, मृत्यु हुनलाई
सानोलाई के छ, सबै नै रङ्ग, रहस्य लाग्दछ
अनौठो अद्भुत, जे हेरयो त्यही, आनन्द जाग्दछ
बिस्तारै सारा, रङ्ग नै पनि, अभ्यासमा सर्दछन्
अलिलि गर्दै, पहिले त यी, आनन्दै मर्दछन्
मर्दैनन् कोही, एकैपल्टमा, छोडेर जिउनलाई
जन्मेकै दिन, आरम्भ हुन्छ, मृत्यु हुनलाई
पहिले मर्छ, एक-एक अङ्ग, दाँत बनी झर्दछन्
आँखाका ज्योति, नङ- कपाल सबै, उसरी मर्दछन्
ब्रम्हाण्ड जति, केके हो उस्तै, होइरहन्छ भित्र
लिएर आ'को भन्दा त धेरै, धेरै थोक मर्दछन्
मर्दैनन् कोही, एकैचोटिमा, जानेर मृत्युलाई
जन्मेकै दिन, आरम्भ हुन्छ, मृत्यु हुनलाई