गीत

गीत सतीश छेत्री January 9, 2022, 12:52 pm

सतीश छेत्री
सतीश छेत्री
आऊ छोरो काखमा बस

सयमा होइन लाखमा बस

फुक्छु हावा निधारमा

लक्ष्य जून ताकमा बस

आमाबाट पाएका ती

शब्दहरू छन् जे जति

फूल बनाऊ,माला बनाऊ

सर्जक भा’को धाँकमा बस

कहिले काहीँ तारा खस्छ

धरतीको कोखमा पस्छ

तिम्ले बारूद् नभन्नू है

कामना गर, बागमा बस

नयाँ दिल्ली, भारत

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।