गीत

गीत जेबी खत्री February 17, 2022, 9:33 pm

जेबी खत्री
जेबी खत्री
बेलाबेला त्यो झ्यालमा आउँने नगर ।

नदेखे झैं गरि यता च्याउने नगर ।

छतमाथि फुलेका ती गमलाका फूलहरू

आँखाआँखा जुधेपछि फुटे प्रीतका मूलहरू

घरिघरि छतमाथि पनि आउँने नगर ।

नदेखे झैँ गरि यता च्याउने नगर ।

बारिपारि हुनु भन्दा नजिक भए राम्रो

छेउमा आइ मिठामिठा कुरा गरे राम्रो

छिनछिनमा बाहिर पनि आउने नगर ।

नदेखे झैं गरि यता च्याउने नगर ।

कौशिमाथि फुलेका ती रङ्गचङ्गी फूलमाझ

तिम्रै यादमा डुब्न थालेँ रहेक बिहानसाँझ

यताउता बाहिरफेर पनि आउने नगर ।

नदेखे झैं गरि यता च्याउने नगर ।

बेलाबेला त्यो झ्यालमा आउने नगर ।

नदेखे झैं गरि यता च्याउने नग ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।