गीत

गीत रमेशचन्द्र घिमिरे February 17, 2022, 9:39 pm

रमेशचन्द्र घिमिरे
रमेशचन्द्र घिमिरे
पीर जम्मै निख्रिएर खुसी मात्र बस्यो

मेरो दिलको सङ्घारमा जब कोही पस्यो

कल्ले लग्यो यो मनको दुःख पोको पारी

हाँस्न पाएँ बल्ल आज वेदनालाई सारी

पीरले खस्ने आँसु आज हर्षाश्रु भई खस्यो

मेरो दिलको सङ्घारमा जब कोही पस्यो

हिजोसम्म छटपटीले छाती मडारिन्थ्यो

दुःख जति यतै बस्थे सुख बढारिन्थ्यो

न त रुनुपर्यो आज न चिन्ताले डस्यो

मेरो दिलको सङ्घारमा जब कोही पस्यो ।

-भोर्लेटार, लमजुङ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।