गीत

गीत सरस्वती चौलागाईं March 14, 2022, 8:40 pm

सरस्वती चौलागाईं
सरस्वती चौलागाईं
सामाजिक न्याय पाउने कहिले

हे आमा बोलन

लैङ्गिक रुपमा समान हुने त्यो ढोका खोलन ।

अस्तित्व आमा जोगाउन अब के गर्नु पर्ने हो

कहिलेसम्म कलिला मुना हे आमा मर्ने हो ?

सामाजिक न्याय पाउने कहिले

हे आमा बोलन

लैङ्गिक रुपमा समान हुने त्यो ढोका खोलन ।

हरेक वर्ष आउँछ आमा दिवस नारीका

नारा त भज्न आउँछ आमा अनेक थरीका

सामाजिक न्याय पाउने कहिले

हे आमा बोलन

लैङ्गिक रुपमा समान हुने त्यो ढोका खोलन ।

धर्तीमा बढ्न नपाइकन अस्तित्व मेटिन्छ

न्यायको ढोका बन्द गरी विकास काँ भेटिन्छ ?

सामाजिक न्याय पाउने कहिले

हे आमा बोलन

लैङ्गिक रुपमा समान हुने त्यो ढोका खोलन ।

र्याली र पोष्टर सडकमा नारा अनेक थरीका

हिंसामा महिला पिडित भाका घरघर भरीका

सामाजिक न्याय पाउने कहिले

हे आमा बोलन

लैङ्गिक रुपमा समान हुने त्यो ढोका खोलन ।

त्यो दिगो विकास छुनलाई आमा सम्मान चहिन्छ

न्यायको ढोका बन्द छ यहाँ त्यो कहाँ पाइन्छ ?

सामाजिक न्याय पाउने कहिले

हे आमा बोलन

लैङ्गिक रुपमा समान हुने त्यो ढोका खोलन ।

वर्षको एक दिन सडक भेला अरु दीन बन्द छ, आमा बोली बन्द छ

बडाको बोली कानून बन्छ न्याय सब बन्द छ, आमा न्याय सब बन्द छ

सामाजिक न्याय पाउने कहिले

हे आमा बोलन

लैङ्गिक रुपमा समान हुने त्यो ढोका खोलन, आमा त्यो ढोका खोलन ।

मेलम्ची २, सिन्धुपाल्चोक , हाल गोकर्णेश्वर ५, काठमाडौं ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।