गीत

गीत रमेश प्रभात April 29, 2022, 6:26 pm

रमेश प्रभात
रमेश प्रभात
मुटुभित्र कुँदेको छु सग्लो देश मेरो,

नेपाली हुँ भुल्दिनँ म भाषा भेष मेरो ।

गाउँ सहर जता बस्छु संस्कृतिमा रम्छु

जे गरे नि म त सधैँ प्रकृतिमा जम्छु

खेतीपाती, व्यापारै होस् छैन क्लेश मेरो

नेपाली हुँ म भुल्दिनँ म भाषा भेष मेरो ।

अनगिन्ती चाडपर्व मनाउँछौं हामी

सबैजना मिलीजुली रमाउँछौँ हामी

कमाउँछु, खर्च गर्छु छैन द्वेष मेरो

नेपाली हुँ भुल्दिनँ म भाषा भेष मेरो ।

चितवन ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।