गीत

गीत सतीश छेत्री July 3, 2022, 5:20 am

सतीश छेत्री
सतीश छेत्री
मलाई लाग्छ यो उच्छवास, अनि यो सुस्केरा

मेरो मात्र नहुनु पर्ने

उठाऊ कलम रोप शब्द, लाग्छ तिमीलाई

जस्तो हुनुपर्ने

कसरी भनुँ, तिमीलाई रूवाउने, यो हो, यो हो,

अनि यो हो

आँसु तिम्रो हो, पुछेर हेर बिम्ब, होला त्यहीँ

जो जो हुनुपर्ने

मैले बोलेका, हरेक शब्द, मैसित मात्र नजोड

नजोड़ भन्छु म

आफ्नो त के छ र यहाँ, मेरो त नामशब्दसम्म

तिमीसितै हुनुपर्ने

यहाँ त रितै यस्तो छ कि, एक्लोदुक्लो मात्रै

हो पाप

अरू सबै चलिरहेछ, दोकान-व्यापार, नजरमा

तिम्रो पनि हुनपर्ने

घरको कुरा नगर्नू ऊसित, जसले घर बुझेको छ

दबाएर

उसले 'तिमीलाई/तिम्रो' भनेपछि, फेरि सम्पत्तिको

कुरा नहुनु पर्ने

घोषणा नगर्नू, जबसम्म छ रात, 'छैन डुब्यो

डुब्यो' भनेर

बटोवी हामीलाई सम्झेर त्यो जून, अँध्यारोमा

बाटो खोज्दै हुनुपर्ने

जब दौड़मा भाग लियौ, जे होला त पर्ला

जित्नू आफूलाई

आफैलाई जित्नेहरूको नाम हो - ‘आनन्द’

सूची त्यतै हुनपर्ने

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।