गीत

गीत टंक सिटौला September 4, 2022, 4:23 am

टंक सिटौला
टंक सिटौला
मनमन्दिरमा बसाऊ ईश्वर,

ढल्नेहो कहिले देह यो नश्वर,

टाढा टाढा नडुलाऊ मनलाई

सेवा र कर्ममा सुम्पिदेऊ यसलाई।

मनमन्दिरमा बसाऊ ईश्वर ।।

धनको डङ्का कति बजाउँछौ ,

ऐश्वर्य, शक्तिमा कति रमाउँछौ,

छोडेर जानुछ, लगिन्न केहि नै

आर्जेको सर्वस्व छोडिन्छ यहीँ नै।

मनमन्दिरमा बसाऊ ईश्वर ।।

घमण्ड नगर कुनै पार्थिवको

हुँदैन दिगो राज सौर्न्दर्य, प्रतापको,

ढाल्नेछ समयले तिम्रो साम्राज्य,

बास गर मान्छेको हृदयमा आज।

मनमन्दिरमा बसाऊ ईश्वर ।।

प्रेम र सेवाले मान्छेलाई जित

हिंसा र द्वन्द्वको बाटोलाई त्याग,

युद्धलाई हैन शान्तिलाई रोज।

मानव हुनुको सार्थकता खोज।

मनमन्दिरमा बसाऊ ईश्वर ।।

मनमन्दिरमा बसाऊ ईश्वर

ढल्नेहो कहिले देह यो नश्वर

टाढा टाढा नडुलाऊ मनलाई

सेवा र कर्ममा सुम्पिदेऊ यसलाई।

मनमन्दिरमा बसाऊ ईश्वर ।।

भोलाझार, आसाम, भारत

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।