गजल

गजल भाष्कर काजी November 28, 2022, 4:39 am

भाष्कर काजी
भाष्कर काजी
हिजो जस्ले त्यो बाटोबाट हटायो

अचानक उसैले सम्झना पठायो ।

लागेको थियो यहिँ मसङ्गै छ कतै

खै कसरी छातिभित्रको चिज हरायो!

तिमी, मैले जस्तै भर थाम्न सक्छौ?

केटिको यस्तो प्रश्नले केटा लजायो ।

रिसाउनुपर्दैन, बच्चाको के दोष बरा!

जुलुशमा जे देख्यो त्यही नै बतायो ।

उस्ले बुझ्यो छातिभित्र राख्नुहुन्न माया

मुटु हराउने डरले आँखामा सजायो ।

रुँघा-७, रुकुम

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।