गीत

गीत सतीश छेत्री November 28, 2022, 4:41 am

सतीश छेत्री
सतीश छेत्री
दुईटा भन्यौ र बाधा भयो,

तिमीसम्म आउनलाई।

टुप्पा त्यहीँ छ, जहाँ फेद छ,

अलग भो दुई आँखालाई।

मलाई देखाइदेऊ मान्छेको छाला,

माटोभन्दा बेग्लै रङ्गको ।

अस्तित्व, मृत्यु, जीवन,

मीठा शब्दहरू हुन् बेढङ्गको।

हो, भनें मैले तिमीलाई

दुखिरहनू, दुख्न सिक्नू।

तर यति बुझे है मित्र

दु:ख्नु होइन, दु:खले भरिनु।

होइन जमिनको टुक्रा देश

जहाँ खडा छौ तिम्रो,

देश यो ब्रम्हाण्ड हो

पृथ्वी परिवार हाम्रो ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।