गीत

गीत राजु “हिमांशु” December 28, 2022, 4:23 am

राजु “हिमांशु”
राजु “हिमांशु”
बेशृङ्गार भएरै बस्छु

बेशृङ्गार भएरै बस्छु बरु

चोब्दिनँ कूची रङ्गमा अरू

बेघर भएरै बस्छु बरु

बगाउँदिनँ रगत आफ्नै अरू

सहदिनँ म त आघात सहदिनँ

मनसित गाँसिएको माया लुछिएको

बनाउँदिनँ म त घर बनाउँदिनँ

बालुवासित आफ्नै रगत मुछिएको

बेशृङ्गार भएरै बस्छु बरु

चोब्दिनँ कूची रङ्गमा अरू

बेघर भएरै बस्छु बरु

बगाउँदिनँ रगत आफ्नै अरू

चाहिएन साथ यहाँ चाहिएन

छातीभित्र-भित्रै दुश्मनी खोपिएको

चाहिएन माया पनि चाहिएन

साइनोभित्र-भित्रै स्वार्थ रोपिएको

बेशृङ्गार भएरै बस्छु बरु

चोब्दिनँ कूची रङ्गमा अरू

बेघर भएरै बस्छु बरु

बगाउँदिनँ रगत आफ्नै अरू

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।