गीत

गीत राजु “हिमांशु” January 20, 2023, 8:30 pm

राजु “हिमांशु”
राजु “हिमांशु”
मायाको रङ्ग त एउटै हुन्छ

विचारको रङ्ग बेग्लै किन

धोकाको रङ्ग बेरङ्ग हुन्छ

मायाको रङ्गलाई चिन

अँगालिएको हात छुटिनु कहाँ हुन्छ र

खाएको कसम रेटिनु कहाँ हुन्छ र

आँधी,हुरी,बतास चल्छन्

लाएको माया मेटिनु कहाँ हुन्छ र

मायाको रङ्ग त एउटै हुन्छ

विचारको रङ्ग बेग्लै किन

धोकाको रङ्ग बेरङ्ग हुन्छ

मायाको रङ्गलाई चिन

सँगालिएको मन लुटिनु कहाँ हुन्छ र

पाएको साइनो फाटिनु कहाँ हुन्छ र

कुराकानी,चर्चा चल्छन्

चाहेको माया साटिनु कहाँ हुन्छ र

मायाको रङ्ग त एउटै हुन्छ

विचारको रङ्ग बेग्लै किन

धोकाको रङ्ग बेरङ्ग हुन्छ

मायाको रङ्गलाई चिन

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।