गीत

गीत सरस्वती चौलागाईं March 30, 2023, 12:33 am

सरस्वती चौलागाईं
सरस्वती चौलागाईं
फूलै फूलले अथितिलाई, स्वागत हामी गर्छौँ

ठूलै दिलले अथितिलाई, स्वागत हामी गर्छौँ ।

स्वागतम ! स्वागतम ! जोडी दुई हात

अघि बढ्छौंँ सत्कर्ममा हामी लिई साथ ।

वागमती भई बगेको बाघमुखाकृतिको जल

छङछङ गरी बगेको छ गीत गाउँदै सलल ।

मन मन्दिरको इश्वरलाई स्वागत हामी गर्छौँ

सुवास फूलको वासना हामी संसार भरी छर्छौँ ।

नेपालीको पहिचान दौरा–सुरुवाल, साडी–चोली

मुस्कान छरी स्वागत गर्छौँ हृदयका ढोका खोली ।

शिवपुरी–पशुपतीमा शिरमा जल वागमतीको

पुजारी भई स्वागत गर्छौँ भक्त हौँ सरस्वतीको ।।

मेलम्ची २, सिन्धुपाल्चोक ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।