गीत

गीत सरस्वती चौलागाईं April 16, 2023, 9:14 am

सरस्वती चौलागाईं
सरस्वती चौलागाईं
थुम्कि मूनि घट्ट

थुम्कि मूनि घट्ट थियो त्यो घट्ट त हरायो

मानिसले त गुन्द्रुक ढिँडो खानै डरायो ।

पिठो पिध्न त्यो घट्टमा कति कति धाइयो

गहुँ, मकैं, कोदोको रोटी कति खाइयो

न त घट्टाँ कूलो छ न छ घट्ट नै त्यहाँ

भन साथी ! पिठो पिध्ने घट्ट गयो कहाँ ?

घट्टमा त अन्न हाल्ने सोली नै छैननी

पानी जाने कूलोरुपी खोली पो छैननी

किसानले गाई–बाख्रा त पाल्नै छोडेनी

खेतीमा गोबर मल त हाल्नै छोडेनी

आयातित अन्नले देश हाम्रो भरियो

खान छोडी ढिँडो, रोटी नक्कल गरियो

गाउँघरका घटेरोको गाँसै खोसियो

कमसल अन्न भित्र्याइ अन्तै पोसियो

गाउँका खोला शिर बेंसी घट्ट हरायो

खादा अन्न आयातित रोगले सतायो

चलन त हराएछ नी घट्ट जाने हँै

बिजुलीको मेल आयो गाउँघरमा नै ।

गाउँका यी प्रविधि त सम्पत्ति हो हाम्रो

संरक्षण गर्नुपर्ने दायित्व हो हाम्रो ।

मेलम्ची २, सिन्धुपाल्चोक ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।