गीत

गीत सरस्वती चौलागाईं May 28, 2023, 4:19 pm

सरस्वती चौलागाईं
सरस्वती चौलागाईं
धानका बाला झुले, शरदमा भुले, लाग्दै गयो मंसिर

खेतहरु भए, पहेल्पुर आहा ! सुवर्णको तस्विर ।

किसानका घर, लेकबेसी गर, धान काट्नकै चटारो

भकारी बाँधी, नलाग्दै आँधी, धान ओसार्न हतारो

कति आयो मुरी, कुन्यौँका धुरी, ऋण तिर्नलाई पुग्छकी ?

छिटो गरी भित्र्याइँ, बचाइ हावा हुरी, ऋण तिर्नलाई पुग्छकी ?

पोहोरको मल्ले सिंचाइ गरें जल्ले बाधेँ अलिक भकारी !

पाइँदैन मल, गर्छ सरकार छल, उब्जाउँ बढाउँ के गरी ?

परर्भिर भा’छौँ, अरुकै गीत गा’छौँ, डकार्दछौँ विकास

आयतितले पेट, भरिराछौं खेत, खैँ कहाँ छ निकास ?

मेलम्ची २, सिन्धुपाल्चोक ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।