गजल

गजल डा. बच्चु कैलाश कैनी June 3, 2023, 6:50 am

डा. बच्चु कैलाश कैनी
डा. बच्चु कैलाश कैनी
प्रेमिल हुँदा गीतारको तार जस्तो लाग्छ जिन्दगी।

मायामा बिछोड हुँदा हार जस्तो लाग्छ जिन्दगी।

जीवनमा सबै कुरा भने जस्तो बनाउन नसक्दा

सबैतिर काम नलाग्ने झार जस्तो लाग्छ जिन्दगी।

कहिले गल्ति नभई चारै तिरबाट आक्रमण हुन्छ

त्यति बेला खुकुरीको धार जस्तो लाग्छ जिन्दगी।

बेरोजगार भई अरुको खटनमा ज्यान पाल्नु पर्दा

पृथ्वीमा सबैको लागि भार जस्तो लाग्छ जिन्दगी।

कर्ममा विस्वास गर्दै फलको आशा नगर्ने पनि छन्

तिनको लागि गीताको सार जस्तो लाग्छ जिन्दगी।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।