गीत

गीत गोविन्द राज ओझा 'राजन' July 6, 2023, 12:52 pm

गोविन्द राज ओझा 'राजन'
गोविन्द राज ओझा 'राजन'
पर्खी बस है म आउने छु

एकछिनपछि मैले उनलाई भेट्ने छु

अँध्यारो रात हराउँछ दिनको सुरुवात भएपछि

मनबाट आशा गर भेट भएपछि

पाइला जब चल्छ पुग्ने छु आशा छ

वसन्त ऋतुमा प्रकृति सुन्दर देखिन्छ

आशाहरू मार्नु हुन्न पुरा हुन सक्छन्

आएर बस है सबै कुरा थाहा पाउन

तिमीसँग जीवन जिउन सजिलो छ

खुसी मन भएपछि हाँस्न मन लाग्छ

आफ्नो भन्ने तिमी हौ समिपमा आउँ

सत्य कुरा सत्य नै हुन्छ बहाना नबनाऊ

दिपायल, सिलगढी

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।