गजल

गजल राधा पान्डे October 29, 2023, 4:40 pm

राधा पान्डे
राधा पान्डे
तिमी नहुँदा सुनसान लाग्छ मलाई यी नगरहरू ।

सोध्दैन कसैले मलाई मेरा केही हालखबर हरू ।।

अन्धकार छाएको झलमल बत्तीको उज्यालोमा,

काट्नै कठिन परेको छ तिमीबिना यी प्रहरहरू ।

बिरानो झैँ लाग्छन् यी बाटा गल्ली र यातायात,

कसैले केही सोधे पनी चुपचाप छन् यी अधरहरू ।

आऊ चाँडै बाँधिनु छ तिम्रो प्रेमिल अँगालोभरि,

पूरा गर्नु छ एकसाथ हाम्रा यी बाँकी सफरहरू ।

किन कसैको भरोसा लाग्न छोडेको छ आजभोलि

शंकास्पद देख्छु सबै सबैका मतिर हेर्ने नजरहरू ।

गान्तोक, सिक्किम

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।