गजल

गजल काशीनाथ मिश्रित December 15, 2023, 9:50 am

काशीनाथ मिश्रित
काशीनाथ मिश्रित
तिम्रो दिलभित्र के छ जान्न सकिएन

माया गरी आफूतिर तान्न सकिएन ।

कैले बन्छौ औँसी जस्तै कैले पूर्णीमा झैँ

गुन बैगुन केलाएर छान्न सकिएन ।

मैले देख्छु आफू जस्तै तिम्ले कस्तो देख्छौ?

किन किन आफन्त झैँ ठान्न सकिएन ।

हिजो माया लाउँछु भन्थ्यौ आज हराउँछौ

भोलि के गरौला भर मान्न सकिएन ।

सस्तो माया नलगाउ भो जिन्दगीलाई बोझ !

कच्चा डोरी चुड्नै आँट्यो धान्न सकिएन ।

गुल्मी

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।