गजल

गजल डिल्लीप्रसाद अधिकारी December 23, 2023, 6:03 am

डिल्लीप्रसाद अधिकारी
डिल्लीप्रसाद अधिकारी
पिरतीको बाँध फुट्यो थुनेको छु मैले

एउटा माला निशानीको उनेको छु मैले।।

सजिलो छ जिन्दगानी तिमी छँदा ऐले

मेरा सबै बेहोसीलाई गुनेको छु मैले।।

अझैसम्म रूञ्चे हाँसो भावनाका जरा

धेरै सपनाका कुरा चुनेको छु मैले ।।

लम्किएर पर हेर्दा धुवै धुवाँ देखिन्छ नि

मैलो धुस्रो लुगालाई तुनेको छु मैले।।

आउने माघ जाडो होला भयभित हुँदै

बाक्लो गन्जी तिम्रालागि बुनेको छु मैले।।

अझै नजिक अझै वर तिमीलाई सर भन्छुु

राम्री भनी तिमीलाई चुनेको छु मैले।।

सिरानी खै कस्तो नरम, ठूलो स्वप्न देख्ने

निन्द्रा हराएको कथा सुनेको छु मैले।।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।