गजल

गजल डा. बच्चु कैलाश कैनी January 1, 2024, 6:13 am

डा. बच्चु कैलाश कैनी
डा. बच्चु कैलाश कैनी
आफ्नै देशदेखि आजकल म दुर भएकोछु

समयसँगै बिदेशमा बस्दा म बेसुर भएकोछु।

आफ्नै मान्छेको पनि कत्ति याद छैन मलाई

कामको बोझले गर्दा म एकसुर भएकोछु।

भनिन्छ समय र नियतीले बदलिन्छ मान्छे

आजकल आफ्नै बेदनाले म क्रुर भएकोछु।

लाग्छ मेसिन हुँ म एकनासले सधैं चलिरहने

पैसाको पछि लाग्ने यहाँ म मजदुर भएकोछु

यस्तै रहेछ भावीले लेखेको मेरो भाग्य हजूर

परदेशी यो दुनियाँमा म महसुर भएको छु।

डार्टफोर्ड, बेलायत

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।